play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भरतपुरमा १९ को मतपेटिका मतगणना स्थल भरतपुर ल्याईयो, आजै मतगणना शुरु गरिने

0

साउन २०,
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान सम्पन्न भएको छ । कडा सुरक्षाकाबीच शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेकोमा २ हजार ८ सय ७० मत खसेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । भरतपुर १९ का सबै पतपेटिका भरतपुरको मतगणना स्थल भरतपुर कभर्डहलमा ल्याईएको छ । घिमिरेका अनुसार सर्वदलीय बैठकपछि आजै मतगणना शुरु गरिनेछ । गत वैशाख ३१ गते भएको चुनावमा सो वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । मतगणनाका क्रममा जेठ १४ गते माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले सो वडामा पुनस् मतदान गराउने निर्णय गरेको थियो । भरतपुर महानगरको प्रमुखमा नेकपा एमालेबाट देवी ज्ञवाली र कांग्रेससँगको गठबन्धन गरेको माओवादी केन्द्रबाट रेणु दाहालबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

Share.

Leave A Reply