play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

उत्तर कोरियाद्वारा अमेरिकी नाकाबन्दीको विरोध

0

२० साउन । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानुन विपरीत रहेको दाबी पनि गरेको छ ।

उत्तर कोरियाले यही जुलाई महिनाको पहिलो हप्ता एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । गएको करिब दुई वर्षयतादेखि निरन्तर रुपमा उसले आणविक परीक्षण जारी राखेको छ ।

क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघलगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ । त्यसै कारण पनि अमेरिकाले उत्तर कोरियामाथि हालैमात्र नयाँ र कडा खालको नाकाबन्दी लगाएको थियो ।

सो नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको यहाँको सरकारी समाचार समितिले जनाएको छ ।

Share.

Leave A Reply