साउन १७,
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बीत महानिदेर्शेक चुडामणि शर्मालाई न्यायीक हिरासतमा पठाउन आदेश दिएको छ । न्यायाधीशहरु दीपकराज जोशी, दीपक कुमार कार्की, केदार प्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, अनिलकुमार सिन्हाको बृहत्त पूर्ण इजलासले शर्मालाई न्यायीक हिरासतमा पठाउनका लागि नेपाल प्रहरीको जिम्मा लगाउन अख्तियारलाई निर्देशन दिएको हो । अदालतको आदेश अनुसार शर्मालाई न्यायीक हिरासतमा पठाइएको अख्तियारका प्रवक्ता जिवराज कोइरालाले जानकारी दिनुभयो । शर्मालाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । पुर्ण इजलासमा जारि शर्मा माथिको बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
त्यसअघि इजलासमा आज सरकारी पक्षका वकिलले बहस गर्दै भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न भन्दै शर्मालाई थुनामा राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेको निवेदक पक्षका वकिलको आरोपको खण्डन गरेका छन् । शर्माको बन्दीप्रत्यक्षीकरण सम्बन्धी सर्वोच्च अदातलमा दायर रिटमाथिको बहसका क्रममा सरकारी पक्षबाट बहस गर्दै नायव महान्यायाधीवक्ता किरण पौडेल, सहन्यायाधीवक्ताद्वय पदमप्रसाद पाण्डेय र हरिप्रसाद जोशीले अख्तियार संबैधानिक अङ्ग भएकाले शर्मा्विरुद्ध कारवाही अघि बढाउनु कानुनसम्मत भएको तर्क गरेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्न माग समेत गरे । यसअघि, गत साउन ४ गते सर्वोच्चले जटिल कानुनी प्रश्न उब्जिएकाले सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।
सर्वोच्चले दियो शर्मालाई न्यायीक हिरासतमा पठाउन आदेश, बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
0
Share.