play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

ह्वाइट हाउसका मिडिया प्रमुख बर्खास्त

0

साउन १७ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरेका छन् । एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ ।एन्टोनीलाई नियुक्ति दिएको दश दिन नपुग्दै आफ्ना सञ्चार निर्देशक स्कारामुचीलाई बरखास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ ।एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषामा आक्रोश पोखेका थिए । एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् ।

Share.

Leave A Reply