play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मन्त्रिपरिषद विस्तार

0

साउन ११, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् ।विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजन केसीले युवा तथा खेलकुद, सञ्जय गौतमले शहरी विकास र यज्ञबहादुर थापाले कानुन मन्त्रालय पाएका छन् । त्यस्तै देउवा समूहकाः मीन विश्वकर्माले बाणिज्य वीरबहादुर बलायर–भौतिक योजना तथा निर्माण, अम्बिका बस्नेतले गरिवी मन्त्रालय पाएका छन् ।महेन्द्रबहादुर शाहीले खानेपानी तथा सरसफाई मन्त्री बनेका छन् भने मिथिला बस्नेतले बाताबरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै खुमबहादुर खड्का समूहका मोहनबहादुर बस्नेतले सञ्चार र सटौला समूह : भीमसेनदास प्रधान–रक्षामन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका गिरिराजमणि पोखरेल–स्वास्थ्य, टेकबहादुर बस्नेत–सामान्य प्रशासन, शिवकुमार मण्डल–आपुर्ति, महेन्द्रबहादुर शाही–उर्जा, सन्तकुमार थारु चौधरी–पशुपंक्षी, आशा खनाल–महिला बालबिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै फोरम लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–नागरिक उड्डयन र गोपाल दहित–भुमिसुधारमन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेससहित माओवादी र लोकतान्त्रिकबाट सात सदस्यी मन्त्रिमण्डल गठन गरेका थिए । यो सँगै देउवाको मन्त्रिमण्डल संख्या २६ पुगेको छ ।
देउवा नेतृत्वको मन्त्रिमण्डलमा ३ जनामात्र मन्त्री भएका छन् । कांग्रेसबाट अम्बिका बस्नेत तथा मिथला बस्नेत एवं माओवादीबाट आशा खनाल मात्र मन्त्री भएका छन् । विभिन्न महिलाबादी संघ संगठनले मन्त्रिमण्डलामा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग अघि सारिरहेका बेला देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदमा अत्यन्त कम संख्यामा सहभागि गराएको हो ।

Share.

Leave A Reply