play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

0

१० साउन । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आज भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिनुभयो ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराउनुभएको थियो ।
सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार रहनुभएका उहाँ ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित हुनुभएको थियो ।

आजै बिहान राष्ट्रपति कोविन्दले आफ्नी पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

एकहत्तर बर्षिय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो । त्यस बखत त्यहाँ उपस्थित विशिष्ट व्यक्तिले उहाँलाई स्वागत गर्नुभएको थियो ।

भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहण पछि दिनुभएको मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply