play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

आइसिसी १९ वर्षमुनिको विश्वकपः नेपाल र मलेसिया विचको खेल जारी

0

साउन ९ ।
आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत सोमबार नेपालले मलेसियासँग खेलिरहेको छ । सिंगापुरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ । यो सामाचार तयार पर्दा सम्म मेलेसियाले ३२ ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाई खेलिरहेको छ । नेपालका लागि सन्दिप लामिछानेले आज पनि पनि पाँच विकेट लिएका छन् । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो पाँचौं खेल हो । यसअघि भएका चार खेलमा तीन खेल जितेको नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपाललाई विश्वकपमा छनौट हुनका लागि अबका सबै खेल जित्नु पर्ने दबाब छ । नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ । यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।

Share.

Leave A Reply