play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

हुलाकी राजमार्गका लागि भारतद्वारा पहिलो किस्ता हस्तान्तरण

0

भारतले हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ अग्रिम भुक्तानी गरेको छ ।

भारतीय राजदूत मन्जिवसिंह पुरीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकमको चेक हस्तान्तरण गरे । नेपाल सरकार र भारत सरकारबीच हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो ।

सोही समझदारी अनुसार काम अघि बढाउन बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत पुरीले सचिव कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गरे । भारत सरकारको आर्थिक सहयोगमा संचालित सडक निर्माणको काम समयमै सम्पन्न हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

Share.

Leave A Reply