play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीद्वारा सपथ ग्रहण

0

साउन २ । नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाई विशेष समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेसँगै राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् ।सपथपछि पराजुलीले आजै सर्वोच्च अदालतमा पुगेर पद वहाली गर्नेछन् ।
संसदीय सुनुवाईका क्रममा पराजुलीले आइतबार न्याय क्षेत्र सुधारका लागि ३९ बुँदे कार्यायोजना प्रस्तुत गर्दै न्यायालयलाई निष्पक्ष र छिटो कार्य सम्पादन गर्ने थलोका रुपमा विकास गर्ने बताएका थिए ।सुरुमा कानुन ब्यवसायी रहेका पराजुली २०४७ सालमा पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा न्याय सेवामा प्रवेश गरेका हुन् ।उनले आगामी वैशाख १५ गते प्रधानन्यायाधीशबाट अवकास पाउनेछन् ।

Share.

Leave A Reply