play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

म्यान्चेस्टर युनाइटेडका गोलकिपर डेभिड डि गेयालाई क्लबमा भित्र्याउन रियल म्याड्रिडले फेरि प्रयास गर्ने

0

असार ३०, म्यान्चेस्टर युनाइटेडका गोलकिपर डेभिड डि गेयालाई क्लबमा भित्र्याउन स्पेनिस क्लब रियल म्याड्रिडले फेरि प्रयास गर्ने भएको छ ।ओल्ड ट्राफोडका अधिकारीहरुले रियलले छिट्टै डि गेयाका लागि नयाँ प्रस्ताव प्रस्तुत गर्ने बेलायती मिडियाहरुलाई जानकारी दिएका छन् । दुवै क्लब यतिबेला अमेरिकाको प्रि सिजन टुरमा रहेका छन् । दुई टोलीबीच आगामी जुलाई २३ मा खेल पनि हुँदैछ । युनाइटेडले डि गेयालाई क्लबमा नै राख्न चाहेको छ ।त्यसैले रियलसँग स्पेनिस गोलकिपरका लागि ६ करोड डलरभन्दा बढी माग गर्ने तयारी गरेको छ । डि गेया पनि रियल जान इच्छुक रहेको बताइएको छ ।
सन् २०१५ मा पनि रियलले ट्रान्सफर डेडलाइनको अन्तिम समयमा डि गेयालाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो ।तर, समयमा कागजी काम नसकेको कारण उक्त प्रयास असफल भएको थियो ।

Share.

Leave A Reply