play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

आगामी बर्षको पूर्ण बजेट पारित

0

असार २९,
ब्यवस्थापिका संसदले आज आगामी आर्थिक बर्ष २०७४–०७५ को पूर्ण बजेट पारित गरेको छ । चालु आर्थिक बर्ष सकिन २ दिन बाँकी हुँदै संसदले आगामी आर्थिक बर्षको पूर्ण बजेट पारित गरेको हो । सरकारले संवैधानिक ब्यवस्थाअनुसार गत जेठ १५ गते नै बजेट संसदमा प्रस्तुत गरेपनि स्थानीय तह निर्वाचन र बिभिन्न माग राख्दै एमालेसहितका प्रतिपक्ष दलको अवरोधका कारण बजेट आश्रित विधेयकमाथि ढिला गरी छलफल सुरु भएको थियो । संसदको आजको बैठकले सामान्य छलफलपछि आर्थिक विधेयक २०७४ र राष्ट्र ऋण उठाउने विधेयक २०७४ बहुमतले पारित गरेको थियो । विनियोजन विधेयक भने संसदले यसअघि नै पारित गरिसकेको छ ।
बजेट आश्रित तीनै वटा विधेयक संसदले बुहमतले पारित गरेसँगै पूर्ण बजेट पारित भएको हो । बजेट पारित भएसँगै नयाँ आर्थिक बर्षमा नवनिर्वा्चित जनप्रतिनिधिलाई स्थानीय तहमा काम गर्न सहज हुने भएको छ ।

Share.

Leave A Reply