play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

आइपिएलमा सुपर ओभरमा हैदराबादलाई हराउदै कोलकत्ताको रोमाञ्चक जित

0

कार्तिक ०२, कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ ।अबुधाबी आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै कोलकत्ताले पाँचौं जित निकालेको हो ।शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा कोलकत्ताका लक्की फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो । ३ रनको लक्ष्य कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा पुरा गर्यो ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा रहेको छ ।हैदराबादको यो छैटौं हार हो । हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

Share.

Leave A Reply