play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

भरतपुर महानगरद्वारा क्रिकेट रंगशाला निर्माणका लागि थप डेढ करोड सहयोग

0

कार्तिक ०२, भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई थप एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई एक करोड ५० लाख रूपयाँको चेक हस्तान्तरण गरेकी हुन् ।महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ र दोस्रो चरणमा एक करोड ५० लाख रुपैयाँ प्रदान गरिएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लैजाने प्रमुख दाहालले जानकारी दिईन् ।


फाउण्डेसनका अध्यक्ष कट्टेलले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे । यसअघि असोज १३ गते भरतपुर महानगरले रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । पछिल्लो तीन हप्तामा महानगरले फाउण्डेसनलाई दुई करोड रुपैयाँ दिएको छ ।

Share.

Leave A Reply