play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा आज थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

0

कार्तिक ०२,चितवनमा आज थप १०२ जनामा कोरोना पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ५ महिने शिशुसहित थप ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ३४ जना, कालिका नगरपालिकाका १, रत्ननगर नगरपालिकाका ५, राप्ती, खैरहनी र ईच्छाकामना नगरपालिकाका ३-३ जना रहेका छन् । त्यस्तै नवलपरासीका २ जना र पर्साका ५ जना रहेका छन् । संक्रमित हुनेहरुको उमेर ५ महिनादेखि ७७ वर्षसम्म रहेका छन् ।
यता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।संक्रमित मध्य ३४ जना चितवनका हुन् भने बाँकी जिल्ला बाहिरका हुन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकाको एकै वडाका १६ जनामा कोरोना देखिएको छ । भरतपुर ७ का ९ पुरुष र ७ जना महिलामा कोरोना देखिएको छ । उनिहरु १७ देखि ७२ वर्ष उमेरसमुहका रहेका छन् ।यस्तै भरतपुर ८ का ४६, २४ र २१ वर्षीया ३ महिला, भरतपुर १० का ४०, ४५, ३० र १७ वर्षीय ४ पुरुषमा कोरोना देखिएको छ । भरतपुर १, ३, ५, १८, १२ र १६ का क्रमश: २६, ३१, २६, ४९, ३९ र २९ वर्षीय पुरुष तथा भरतपुर ३ र ४ का क्रमश: २६ र ३४ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । चितवनकै खिरहनी नगरपालिका १ र १७ तथा कालिका नगरपालिका ६ का ४२, ५० र ६७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।क्यान्सर अस्पतालकै प्रयोगशालामा झापा ३ र नवलपुरका ४ तथा मकवानपुर, ईलाम र प्युठानका समान एक-एक जनामा पनि कोरोना देखिएको छ ।

Share.

Leave A Reply