कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न पाइदैन: श्रेष्ठ

0

कार्तिक ०२, कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खाजे पार्टी चुप लागेर नबस्ने नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताउनुभएको छ ।नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गरेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत ट्रेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा उहाले कार्यस्थलमा खटिएका श्रमजिबीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशन दिदै सो को सम्पूर्ण ब्यबस्था सञ्चालकहरुले गनुपर्ने बताउनुभयो । कोरोनाले दिएको कष्ट र भय बाट उम्कन सकारात्मक सोच र तनाब ब्यवस्थापन नै अचुक अस्त्र भएको उहाले बताउनुभयो ।


भैतिक दुरी कायम गर्दै सम्पन्न गरिएको सो अभिमुखिकरण कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध बिभिन्न सघ सस्थाका २५ जना सदस्यको उपस्थिती रहेको थियो । सहभागीहरुलाई कोभिड १९ ले रोजगारी लगायत श्रम बजारमा पारेकोे प्रभाब र समाधानको उपाय, सस्थाको बर्तमान सांगठनिक संरचना, असगठित क्षेत्रका चुनौती र सम्भावना साथै अर्थब्यबस्था लगायतका बिषयमा नेपाल ट्रेड युनियन काँग्रेस बागमति प्रदेशका अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिब रमेश खनालले सहजीकरण गर्नुभएको थियो ।


नेपाल ट्रेड युनियन काँग्रेस चितवनका पुर्व अध्यक्ष एंव केन्द्रिय सदस्य बैगुण्ठराज पौडेल, नेपाली काँग्रेसका नेता धनबहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तब्य राख्नुभएको सो कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply