play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कोरोनाकालमा पनि सांसदहरुका लागि दशैँ भत्ता छुट्ट्याइएको भन्दै सरकारको चर्को आलोचना

0

कात्तिक ०२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ । आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिनुभएको हो । साथै उहाँले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताउनुभएको छ ।साथै उहाँले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताउनुभएको छ । कोरोनाकालमा पनि सांसदहरुका लागि दशैँ भत्ता छुट्ट्याइएको भन्दै चर्काे जनदबाब बढेपछि धेरै सांसदहरु भत्ता नलिने पक्षमा पुगेका छन् ।
यता नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउनुभएको छ ।सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने शर्माले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । बोहरालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले रकम दिएको उहाँको भनाइ छ । शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply