play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

आईपीएलमा आज दुइ वटा खेल हुदै :कोलकत्ता र हैदराबाद तथा मुम्बई र पन्जाब भिड्दै

0

कार्तिक ०२, युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुइ वटा खेल हुने भएका छन्। आज हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।अबुधाबीमा कोलकत्ता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ ।तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ ।हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ । हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।यस्तै आजै हुने दोस्रो खेलमा राति ७ :४५ मा मुम्बई इण्डियन्स र किंग्स इलाभेन पन्जाब बीच खेन हुने छ।

Share.

Leave A Reply