play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

पत्रकारका समस्या समाधान गर्न नवनियुक्त सञ्चारमन्त्रीसँग महासंघको माग

0

कार्तिक ०२ , चितवन । नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग भेटवार्ता गरेको छ ।

आइतबार बिहान पुल्चोकमा भएको भेटमा महासंघको प्रतिनिधि मण्डलले संचारमन्त्री गुरुङलाई सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

प्रतिनिधि मण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको थियो ।

सो अवसरमा मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताए ।

उनले संचार क्षेत्रको हित हुने गरी संचार सम्वन्धी नीति, कानून र संरचना निर्माण गरिने वताउँदै प्रेस स्वतन्त्रताको संरक्षण र प्रर्वद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पारेका छन् ।

Share.

Leave A Reply