play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

जनप्रतिनिधिलाई दसैं भत्ता नदिन भीम रावलको माग : खातामा गइसकेको भत्ता काट्न मन्जुर

0

कात्तिक २ , चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद भीम रावलले दसैं भत्ता नलिने बताएका छन् ।

कोरोना महामारीको विशेष परिस्थितिमा खातामा भत्ता बापतको रकम राखेको थाहा पाएपछि नेता रावलले उक्त रकम कट्टी गर्न भनेका छन् । सांसदले यो परिस्थितिमा भत्ता लिनु हुन्न भन्नेमा आफ्नो समर्थन रहेको भन्दै रावलले खाताबाट रकम कट्टी गर्न मञ्जुरी दिएका हुन् ।

फाइल तस्बिर

नेकपा सांसद भीम रावल \फाइल तस्बिर

सामाजिक सञ्जाल ट्वीटरमार्फत् रावलले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन् गर्दै जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्नसमेत माग गरेका छन् ।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्’, रावलको ट्वीटमा भनिएको छ, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

उनले दसैंको भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनु नपर्नेसमेत प्रष्ट पारेका छन् ।

नेता रावलले अर्को ट्वीटमा लेखेका छन्, ‘दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन ।’ सत्तारुढ नेकपाकै राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले यसअघि नै भत्ता नलिने घोषणा गरिसकेका छन् ।

Share.

Leave A Reply