play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बाइस क्विन्टलभन्दा बढी मटर बरामद

0

कार्तिक २ , महोत्तरी।  नेपालबाट भारततर्फ चोरी तस्करी गर्न लागिएको २२ क्विन्टल बढी मटर महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्सबाट ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको हो ।

ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गएराति छापा मारेर मटर बरामद गरेको हो ।

बरामद मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

Share.

Leave A Reply