play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

दशैँ आफु जहा छौ त्यहि बसेर मनाउन प्रदेश सांसद सुबेदीको आग्रह

0

सिनर्जी डेक्स
कार्तिक ०२, नेपालीहरुको महानपर्ब बडा दशैँ आफु जहा छौ त्यहि बसेर मनाउन प्रदेश सांसद विजय सुबेदीले आग्रह गर्नुभएको छ । आज भरतपुर महानगरपालिका १० मा रहेको जन शितल टोल बिकाश सस्थाको दोस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुबेदीले सो कुरा बताउनुभएको हो।

हरेक बर्ष धुमधामले मनाउदै आइरहेको विभिन्न चाडपर्ब यस बर्ष कोरोना महामारीका कारण आफु जहा छौ त्यहि बसेर मनाउन उहाले आग्रह गर्नुभएको हो।

कोरोनाबाट बाच्न सके दशैँ अर्को सालपनि आउने बताउदै उहाले यो एक बर्ष भब्य तरिकाले नमनाउन अनुरोध गर्नुभयो। फरक प्रसङ्गमा उहाले आफ्नो ठाउ आफै बनाउन टोल सुधार समितिको भूमिका महत्वपुर्ण रहने भएकाले विभिन्न वडाका समिति सफल भएमात्र सिंगो महानगर सफल हुने बताउनुभयो।

सार्बजनिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिदै उहाले आगामी दिनको सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो।सस्थाका उपाध्यक्ष टिकाराम सापकोटाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा शुभकामना मन्तब्य योजना तथा निर्माण उपसमितिका संयोजक बिष्णु प्रसाद अधिकारीले राख्नुभएको थियो।

समितिक्को बार्षिक आर्थिक विवरण कोषाध्यक्ष सिता लम्सालले पेश गर्नुभएको थियो।सिनर्जी एफएमको प्रांगणमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिकलाइ समेत सम्मान गरिएको थियो।

Share.

Leave A Reply