play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

‘कर्णाली विद्रोह’बारे बालुवाटारको छलफल सकियो, अध्यक्षद्वयको निष्कर्ष मान्न ओलीको आग्रह

0

कार्तिक ०१, कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफल सकिएको छ।गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा आज प्रधानमन्त्री निवासमा छलफल भएको थियो।छलफलमा मुख्यमन्त्री शाही र विद्रोहमा सहभागी नेताबीच प्रधानमन्त्रीको उपस्थितिमा छलफल भएको हो।
सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिएको छलफलमा सहभागी नेकपाका कर्णाली सचिव मायाप्रसाद शर्माले प्रधानमन्त्रीलाई उद्धृत गर्दै बताए।

गत आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका हुन्।प्रचण्डले भने हिजो अस्ति नै दुवै पक्षलाई भेटेर वस्तुस्थितिका विषयमा रिपोर्टिङ लिइसकेका थिए।

Share.

Leave A Reply