play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

२५ पटक चक्कु हानेपछि महिलाले प्रहरीलाई फोन गरेर भनिन् – ‘बलात्कारीलाई मारिदिएँ’

0

कार्तिक १ ,काठमाडौं। पटक पटकको बलात्कार र ब्ल्याकमेलिङबाट आजित भएकी एक महिलाले बलात्कारी युवकलाई चक्कु हानेर मारिदिइन् त्यसपछि प्रहरीलाई फोन गरेर भनिन् ‘बलात्कारीलाई मारिदिएँ ।’ हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार घटना भारतको मध्य प्रदेशको गुना जिल्लाको हो । ती महिला यी बलात्कारीबाट यतिसम्म आजित भएकी थिइन् कि उनले ती युवालाई लगातार २५ पटक चक्कु प्रहार गरेकी थिइन् ।

महिलाका अनुसार यी व्यक्तिले २००५ देखि उनलाई बलात्कार गरिरहेका थिए । त्यतिबेला उनी नाबालिग नै थिइन् । प्रहरीको जाँचमा भएको खुलासा अनुसार ती व्यक्तिको नाम बृजभूषण शर्मा हो । उनी अशोकनगरका बासिन्दा हुन् । महिला पनि अशोकनगरकै हुन् । महिलाका अनुसार उनी १६ वर्षकी हुँदा बृजभूषण शर्माले उनलाई बलात्कार गरेका थिए । त्यसपछि कैयौं पटक उनले डर धम्की देखाएर उनलाई बलात्कार गरिरहे ।

पछि महिलाको एक शिक्षकसँग बिहे गरिन् ताकि बृजभूषणबाट पिछा छुटाउन सकियोस् । बिहेपछि महिलाले एउटी छोरी पनि जन्माइन तर बृजभूषणले उनको पिछा छोडेनन् । घटनाको रात महिला घरमा एक्लै थिइन् त्यही बेला बृजभूषण घरमा आए । उनी नशामा थिए र उनले त्यस दिन पनि महिलालाई जबरजस्ती गरे । अन्ततः उनको धैर्यको बाँध टुट्यो र उनले चक्कु हानेर बृजभूषणको हत्या गरिदिइन् । बृजभूषण नशामा थिए त्यसैले धेरै विरोध गर्न पनि सकेनन् । महिलाले उनको शरीरमा २५ पटक चक्कु प्रहार गरेको पाइएको छ ।

हत्यापछि महिलाले स्वयं प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीलाई फोन गरेर उनले आफूले बृजभूषणलाई मारिदिएको स्वीकार गरेकी थिइन् । महिलाको फोनपछि प्रहरी घटनास्थल पुग्दा त्यहाँ बृजभूषणको शरीर नग्न अवस्थामा थियो । उनको शरीरभरी घाउ थियो र रगत बगिरहेको थियो । प्रहरीले नजिकै हत्याको लागि प्रयोग गरिएको धारिलो चक्कु पनि बरामद गरेको छ । प्रहरीले महिलालाई हिरासतमा लिएर थप कानुनी कारवाही अगाडि बढाएको छ ।

Share.

Leave A Reply