play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाले अर्को वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने

0

कार्तिक १ , रसुवा । माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाले अर्को वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको ६.४२ मेगावट क्षमताको आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन गर्ने भएको हो । आयोजनाका अनुसार अहिले आयोजना निर्माणतर्फ ९८ प्रतिशत काम सकिएको छ । आयोजनामा अब करिब ६ महिनाको काम बाँकी रहेको आयोजना प्रमुख जितमान शेर्पाले बताउनुभयो ।

unn.prixa.net

‘नियमित काम गर्न सकिएमा करिब ६ महिनामा काम सकिन्छ’, उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा वर्षको ६ महिनामा मात्र काम हुने भएकाले उत्पादन तालिका केहीपछि धकेलिए पनि अबको एक वर्षमा हामी विद्युत् उत्पादन सुरु गर्छौँ।’

आयोजनाले प्रसारण लाइन निर्माणतर्फको काम मात्र बाँकी रहेको जनाएको छ । उहाँका अनुसार प्रसारण लाइनको काम तिहारपछि सुरु हुन्छ । हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम नहुने भएकाले आयोजना निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो । ‘साइडमा रहेका कामदार दशैँ मनाउनका लागि घर जाने तयारीमा छन्’, उहाँले भन्नुभयो, ‘अब कामदार फर्किएपछि बाँकी काम अगाडि बढ्छ ।’

तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि अहिलेसम्म तीन पटक म्याद थप भइसकेको छ । आयोजनाका अनुसार भूकम्प, नाकाबन्दी, ठेकेदार परिर्वतन, भौगोलिक विकटता, कोभिड-१९, हिउँ पर्ने समयमा काम गर्न नसकिनेलगायतको कारण समयमा नै विद्युत् उत्पादन हुन नसकेको हो ।

हरेक वर्ष असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ । आयोजनाको निर्माणको काम २०६९ सालदेखि सुरु भएको हो ।

Share.

Leave A Reply