play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नेपालले बंगलादेशसँग नोभेम्बर दोस्रो साता मैत्रीपूण फुटबल खेल्ने

0

कार्तिक १ , चितवन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्ति जारी गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको जनाएको छ । राष्ट्रिय टोलीले दसैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै खेल ११–१९ नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विन्डोमा सञ्चालन हुनेछ । यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गतका खेलका लागि १७ अगस्टदेखि तयारी गर्ने भने पनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो ।

खेल स्थगित भएसँगै एन्फाले प्रशिक्षण तयारीसमेत रद्द गरेको थियो । अब मैत्रीपूर्ण खेलका लागि भने एन्फाले टोली घोषणाबारे जानकारी दिएको छैन । मैत्रीपूर्ण खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । दुवै खेल बंगलादेशमा नै हुने तयारी रहेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि स्थगित खेल गतिविधि एन्फाको यो कदमसँगै सुचारु हुने आशा गरिएको छ । यसैबिच राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो । एन्फाले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणको अनुमति माग गरेको थियो ।

Share.

Leave A Reply