play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

आईपीएलमा मुम्बईको छैठौं जित, कोलकता ८ विकेटले परनजित

0

कार्तिक १ , चितवन । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ । आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो । खराब सुरुवात गरेको कोलकताले १८ रनमा पहिलो विकेट गुमायो । कोलकताका लागि सुभंम गिलले २१ रन बनाए भने राहुल त्रिपाठीले सात, नितेश रानाले ५, दिनेश कार्तिक चार रनमा आउट भए । यस्तै आन्द्रे रसेलले १२ रनको योगदान गरे ।

बलिङमा राहुल चाहरले दुई विकेट लिए । जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३५ रन बनाए भने सूर्यकुमार यादवले १० तथा क्विन्टन डी ककले अविजित ७८ रन बनाए । जसमा उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । यस्तै हार्दिक पाण्डेयले २१ रन थपे । यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ । दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ । ।एजेन्सी ।

Share.

Leave A Reply