कोरोना संक्रमणबाट खैरहनी नगरपालीकाका एक जनप्रतिनिधिको मृत्यु

0

कार्तिक १ , चितवन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको छ । भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत पाण्डेको आज (शनिबार) विहान १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डे असोज ३० गते श्वासप्रश्वास, खोकीसहितको समस्या भई अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । वडा सदस्य पाण्डे क्यान्सर रोगबाट समेत ग्रसित थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

Share.

Leave A Reply