play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाकी अध्यक्ष कुँवर सम्मानीत

0

भरतपुर, ३० भरतपुर ।
कोभिड-१९ को कारण सृजित प्रतिकुल अवस्थामा समेत सामाजिक कार्यमा सक्रिय रहेको भन्दै बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाकी अध्यक्ष सीता कुँवर सम्मानीत हुनुभएको छ ।

६५ औँ प्रहरी दिवसको अवसरमा एक कार्यक्रमका विच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख नान्तीराज गुरुङले संयुक्त रुपमा कुँवरलाई कदर पत्र हस्तान्तरण गर्दै सम्मान गर्नु भएको हो । उक्त कदर पत्रमा संस्था मार्फत सामाजिक अपराध तथा घरेलु हिंसा नियन्त्रण, अशक्त, बुद्ध तथा बालबालिकाहरुको संरक्षण , व्यवस्थापन, स्याहार सुसार, उपचार संगै कोभिड १९ का कारण असहज अवस्थामा परेका सर्वसाधारण नागरिकलाई भोजन समेतको व्यवस्था गरेर संस्था मार्फत उदारणीय कार्य गरिएको उल्लेख गरिएको छ ।

पूर्व संचारकर्मी समेत रहनुभएको कुँवर ५ वर्ष देखि सक्रिय रुपमा मावनसेवामा हुनुहुन्छ । कुँवरले संस्था मार्फत बेवारिसे अवस्थाका बिरामीलाई उठाएर उपचार गराउने, आश्रममा राख्ने, अलपत्र शव व्यवस्थापन गर्ने, विचली भएकालाई परिवार संग पुर्नमिलन गराउने लगायतका काम गर्दै आउनु भएकोछ । पछिल्लो समय कोरोना संकटसँगै भएको सबैतिरको बन्दाबन्दी र निषेधाज्ञा समयमा समेत यो संस्थाले साढे दुई सयभन्दा बढी बेसहारा, बेबारिसे तथा दैनिक ज्यालादारी गर्नेलाई नारायणी नदी किनारमा निःशुल्क खाना ख्वाएको थियो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रकाको देशभरि २५ शाखा छन् ।

 

६५ औँ प्रहरी दिवस – सिनर्जी एफ.एमका स्टेशन म्यानेजर पौडेल सम्मानीत

 

Share.

Leave A Reply