play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेपालले बंगलादेशसंग मैत्रीपूर्ण फुटबलको तयारी गर्दै :दशै लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिने

0

असोज ३०, अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसंग मैत्रीपूर्ण फुटबलको तयारी गरेको छ ।कोरोना महामारीका कारण घरेलु फुटबल समेत ठप्प रहेको अवस्थामा एन्फाले बंगलादेशसंग मैत्रीपूर्ण फुटबलको तयारी गरेको हो ।अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)संग अनुमती मागेको छ । एन्फाको प्रस्तावको राखेप समेत सकारात्मक छ । राखेपले लिखित रुपमै एन्फालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अनुमति दिने तयारी गरेको छ ।बंगलादेशको प्रस्तावमा नेपालले मैत्रीपूर्ण खेलको तयारी थालेको हो । राखेपबाट सहमती प्राप्त भएको अवस्थामा नेपालले बंगलादेशमा गएर मैत्रीपूर्ण म्याच खेल्नेछ ।
बंगलादेश सहित करिब दर्जन देशले नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छन् ।एन्फाका एक अधिकारीका अनुसार दशै लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिनेछ । तिहार लगत्तै नेपाली टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नेछ ।

Share.

Leave A Reply