play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

नेपाल र बंगलादेशबिच आज मैत्रीपूर्ण खेल हुँदै

0

असार २७ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबिच आज मैत्रीपूर्ण खेल हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताएका छन् । उनले आउँदो हप्ता युएईमा हुने एसियन कप छनोटका लागि आजको मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए । त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए । दिउँसो हुने खेल हेर्न टिकट अहिले बिहान १० बजेदेखि लिन सकिने एन्फाले जनाएको छ । २३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

Share.

Leave A Reply