play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

भरतपुरको विवादबारे सर्वोच्चमा आज पनि सुनुवाई हुँदै

0

असार २६ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने नगर्ने भन्ने बारे सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुँदैछ ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । यसअघि पटकपटक सुनुवाई भएपनि सर्वोच्चले यसबारेमा फैसला गर्न नसक्दा भरतपुरमा अन्यौल बढेको छ ।मतगणना भइरहेका बेला गणनाका लागि बसेका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेपनि त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

Share.

Leave A Reply