२६ असार– अविरल वर्षापछि देशका विभिन्न स्थानमा बाढीले पीडित बनेकाहरुलाई टहरा निर्माण गर्न सरकारले रकम उपलव्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाताका खरिदका तत्काल प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ ।