बैठकमा सांसदका प्रश्नमा मन्त्रीहरुले जवाफ दिने कार्यसूची

0

असार २६। व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने कार्यसुची रहेको छ ।हिजो जवाफ दिन बाँकी रहेका मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विनियोजित बजेट बारे जवाफ दिनुहुने भएको छ । संसद सचिवालयले जवाफ दिन दुई दिनको समय उपलब्ध गराएकोमा हिजो पहिलो दिन ७ वटा मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिएका थिए भने बाँकीले आज जवाफ दिन लाग्नु भएको हो ।छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिइसके पछि आर्थिक वर्ष २०७४(०७५ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्ने छ । हिजोको बैठकमा विनियोजन विधेयक –२०७४ माथि जवाफ दिँदै सम्बन्धित मन्त्रीहरुले संघीयता ढाँचा अनुसार मुलुक अघि बढेको र सोही अनुसारको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका थिए ।

Share.

Leave A Reply