play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

इन्टर मिलानको पुनरागमन जित

0

असोज ११, एजेन्सी । इन्टर मिलानले सिरि ए फुटबलमा पुनरागमन जित निकालेको छ ।

शनिबार राति इन्टरले फिओरेन्टिनामाथि ४–३ को जित दर्ता गरेको हो । दुई पटक खेलमा पछि परेको अवस्थामा इन्टरले शानदार पुनरागमन रच्यो ।

खेलको अन्तिम तीन मिनेटमा दुई गोल
गर्दै इन्टरले जित निकालेको हो । क्रिस्टियन कौमले खेलको सुरुवातमै पाहुना टोलीलाई अघि बढाएका थिए ।

पहिलो हाफ सकिनु अघि लौटारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल गरे । फेडेरिको सेकेरिनीको आत्मघाति गोलसंग इन्टरले खेलमा अग्रता बनाएको थियो ।

तर पाहुना टोलीका गेटानो क्यास्ट्रोविली र फेडेरिको चाइसाले गोल गर्दै फिओरेन्टिनालाई ३–२ ले अघि बढाएका थिए ।

तर खेलको अन्तिम समयमा रोमेलु लुकाकु र ड्यानिलो डी आम्ब्रोसियोले गोल गर्दै इन्टरलाई पुनरागमन जित दिलाए ।

इन्टरले जित सहित नयाँ सिजनको सुरुवात गरेको छ ।

इन्टर प्रशिक्षक एन्टोनियो कोन्टे यस सिजन युभेन्ट्सलाई लगातार १० सिजन सिरि एको उपाधि हात पार्नबाट बिमुख बनाउन चाहन्छन् ।

Share.

Leave A Reply