play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कपिलवस्तुमा बाढीले जिप बगाउँदा एकजनाको मृत्यु, २ जना बेपत्ता

0

असोज ०७, कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् ।मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको कपिलवस्तुका शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।


बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलामा आएको बाढीले बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको कार्कीले बताए । बाढीले बगाएको जिपलाई भने डोजर लगाएर निकालिएको उनले बताए ।

Share.

Leave A Reply