play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सुखद सुरुवात गर्ने योजनामा सिटी

0

असोज ५ , एजेन्सी । प्रिमियर लिग फुटबलअन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदै छन् । आज हुने खेलमा म्यानचेस्टर सिटीले उल्भससँग प्रतिस्पर्धा गर्दै छ । उल्भसको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

सिजनको पहिलो खेल खेल्न लागेको सिटी पहिलो खेलमा जित निकाल्ने योजनामा छ । सिजनको सुखद सुरुवात गर्ने योजनामा रहेको सिटी यो सिजन उपाधि दाबेदार टोली पनि हो । यता उत्कृष्ट युवा खेलाडीहरुको साथ रहेको उल्भस पनि आजको खेलमा जित निकाल्ने योजनामा छ ।

लिगका पहिलो खेलमा साउथहाप्टनसँग २-० गोलको जित निकालेको उल्भस आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । उल्भसलाई घरेलु मैदानमा हुने लागेको खेल भएकाले पनि धेरै कुरामा फाइदा पुग्नेछ ।

सोमबार हुने अर्को खेलमा एस्टोन भिल्लाले सेल्फिड युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल राति १०:४५ बाट सुरु हुनेछ ।

Share.

Leave A Reply