play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फड्के किराको सङ्क्रमणले माडीमा धान खेति मर्न थाले:किसान चिन्तित:नगरपालिकाद्वारा अनुगमन

0

असोज ०५ , सिनर्जी डेस्क , चितवन।
फड्के किराको सङ्क्रमणले माडीमा धान खेति मर्न थालेको छ।बिगत केहि हप्ता अघि देखि संक्रमण सुरु भएको सो किराले धान बालीलाई मर्ने गरेको छ। माडी नगरपालिकाका केहि वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप देखिएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले बताउनुभयो ।आफुहरु स्थलगत अनुगमनमा निस्केको बताउदै पौडेलले अन्त भन्दा माडी नगरपालिकाको वडा नम्बर १,२,४ र ७ मा प्रकोप बढी देखिएको बताउनुभयो। उहाँले माडी भित्र अनुगमनका क्रममा केहि ठाउमा अलि बढी धानबालीमा क्षति पुगेको बताउनुभयो ।अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको उहाको भनाइ थियो ।
पाक्न लागेको, पसाउन लागेको लगायत सबै प्रकारका धानमा प्रकोप देखिएको बताउदै उहाँले आफुहरु निरन्तर प्रकोपबारे अनुगमन गरिरहेको बताउनुभयो। किसानहरु भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन् ।माडी नगरपालिकाका किसानहरुले आफूहरुले लगाएको धानबावलीमा पूर्ण रुपमा प्रकोप देखिएको बताएका छन् ।


तीन बिघा खेतमा लगाएको धानबालीमा प्रकोप देखिएपछि परिवार पाल्ने चिन्ता बढेर आएको बताउदै माडीका एक स्थानिय कृषक खगराज अधिकारीले यस्तो प्रकोप आफुले पहिलो पटक देखेको समेत बताउनुभयो । गत सातादेखि धानमा प्रकोप देखिएपछि किसानहरुले नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक नभएको बताउनुभएको छ । स्थानीय रुद्रलाल सुनारले धानबालीमा फड्के किराको प्रकोप देखिएको बताउनुभयो ।प्रकोपले खानै नहुने स्थिति बनेपछि स्थानिय सरकारले पनि आफुहरुलाई क्षतिपूर्ति वा राहत दिनुपर्ने बताउदै सुनारले यस्तो महामारीका बेला झन् अर्को समस्या थपिएको बताउनुभयो ।

Share.

Leave A Reply