play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

‘खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि’

0

असोज ४ , काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका व्यवस्थापक मधुशुदन उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर मात्रै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पहिला खेलाडीको हकमा तलब बढ्नुपर्छ । खेलाडीको तलब नबढेको निकै समय भैसकेको छ ।’

उनले राष्ट्रका लागि खेल्ने खेलाडीको तलबमा वृद्धि नगरेर कर्मचारीको प्रक्रिया अघि बढाउँदा बाहिर राम्रो सन्देश नजाने र सो बिषय उपयुक्त समेत नहुने उल्लेख गरे ।

‘पहिला खेलाडीकोनै तलब नबढाई कर्मचारीको बढाउँदा बाहिर नराम्रो छाप जान्छ । उपयुक्त पनि हुँदैन । पहिलो चरणमा तबल वृद्धि हुँदा खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनले भने ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले ५२ सालमा एन्फा अध्यक्षमा निर्वाचित भएपछि खेलाडीलाई तबल दिन सुरुवात गरेका हुन् ।

उनले सुरुवाती चरणमा १५ सयबाट तलब सुरु गरेर आफ्नै कार्यकालमा १५ हजार सम्म पुर्याएका थिए ।

भ्रष्टाचारको आरोपमा थापा फिफाबाट प्रतिबन्धमा परेपछि एन्फाको नेतृत्वमा नरेन्द्र श्रेष्ठ हुँदै कर्माछिरिङ शेर्पा आईपुगेका छन् । तर लामो समय बितिसक्दा समेत खेलाडीको तलब बढ्न सकेको छैन ।

हाल पुरुष खेलाडीले एन्फाबाट मासिक १५ हजार र महिला खेलाडीले ७ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

Share.

Leave A Reply