play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

अस्ट्रेलियामा नयाँ संक्रमितको संख्या तीन महिनायताकै कम

0

असोज ४ , काठमाडौं । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या तीन महिनायताकै कम देखिएको छ । कोरोना भाइरसको संक्रमण घट्दै गएपछि कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध पनि खुकुलो पार्ने तयारी भइरहेको छ ।

पछिलो २४ घण्टामा अस्ट्रेलियामा ३९ नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितको यो संख्या जुन २६ यताकै सबैभन्दा कम हो । अस्ट्रेलियामा दोस्रो लहर फैलिएको भिक्टोरियाको मेलबर्नमा पछिल्लो २४ घण्टामा १४ नयाँ संक्रमित थपिएका छन् । संक्रमण कम भएसँगै भिक्टोरियाले सामाजिक प्रतिबन्धका नियमहरु खुकुलो पार्ने तयारी गरेको छ । लकडाउनको विरुद्धमा मानिसहरुले अहिले भिक्टोरियामा प्रदर्शन पनि गरिरहेका छन् । अधिकारीहरुले उनीहरुलाई धैर्य कायम राख्न आग्रह गरेका छन् ।

अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका २७ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने कोरोनाका कारण ८१७ जनाको मृत्यु भइसकेको छ ।  रोयटर्स

Share.

Leave A Reply