play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने, भाडा नबढ्ने

0

असोज ४ , काठमाडौं । जहाजको पूरै सिट भरेर चलाउन पाइने भएपछि निजी वायुसेवा सञ्चालकहरूले असोज ५ गतेदेखि जहाज उडाउने भएका छन् । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएसँगै सरकारले गत चैत ११ गतेदेखि आन्तरिक उडान रोकिएको थियो । यदाकदा बिरामी ओसार्ने र पर्यटकहरू उद्धार गर्ने क्रममा केही विमानहरूको चार्टर्ड फ्लाइट गरे पनि नियमित उडान भने बन्द नै थिए ।

Share.

Leave A Reply