play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन

0

असोज ३ , काठमाडौँ । विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर’ लेखिएका प्लेकार्ड बोकेका थिए।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले गएको सोमबार अर्थात भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनशन सुरु गरेका हुन् ।

डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध १९ औँ सत्याग्रह सुरु गरेको बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

यो भन्दा अगाडिको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको डा. केसीकाे भनाइ छ। डा. केसीले १६ औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए।

माइतीघरमा भएको प्रदर्शनमा सहभागी भएकाहरुले डा. केसीका मागहरु पूरा गर्न सरकारसँग माग गरेका छन् ।

Share.

Leave A Reply