play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

लगातार पेट बढिरहेको छ ? अपनाउनुस् यी सजिला तरिका

0

असोज ३, एजेन्सी । शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० देखि ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज महसुस हुने गर्छ ।तर, पेट बढ्ने समस्याको समाधानका लागि घरमा नै केही उपायहरु अपानाउन सकिन्छ ।

दैनिक ३.५ लिटर पानी पिउनुस्
पेट बढेपछि कतिपय मानिसहरु पानी पिउन छोड्छन् । तर, पानीले पेट कहिल्यै बढ्दैन । पानीको कमि भएमा शरीरमा डिहाइड्रेशनको समस्या पैदा हुन्छ । त्यसैले दैनिक ३ देखि ४ लिटर पानी पिउनुस् । जसले डिहाड्रेट हुनबाट बचाउँछ र पेट बढ्न कम हुन थाल्छ ।

बिरे नुनले नुहाउनुस्
यदि तपाईंको पेट बढ्ने समस्या कम भएन भने बिरे नुन पानीले हालेर नुहाउने गर्नुस् । यसमा भएको म्याग्नेशियमले शरीरमा भएको अतिरिक्त पानीले सोस्ने काम गर्छ र तपाईंको पेट घट्दै जान्छ । तर, यो प्रक्रिया हप्तामा एक पटक मात्रै गर्ने गर्नुपर्छ । यसका लागि पानीमा दुई कप बीरे नुन मिसाउनुपर्छ ।

यी तरकारी नखाने
यदि तपाईं पेटको समस्याले चिन्तित हुनुहुन्छ भने केही समयका लागि प्याज, ब्रोकाउली, गोभी, पत्ता गोभी जस्ता तरकारीहरु खान बन्द गर्नुपर्छ । किनकी तरकारीहरुले तपाईंको शरीरका अंगहरु बढाउने काम गर्छ ।
यी तरकारीहरुमा पोषक तत्व भरपुर मात्रामा हुन्छ । तर यसको धेरै सेवनले पेट अत्याधिक बढ्ने गर्छ ।

चुइगम
चुइगम वा अन्य कुनै पनि प्रकारका गमको सेवनले पेट बढाउने समस्या पैदा गर्छ । चुइगममा चिनी, अल्कोहल र कृत्रिम मिठास जस्ता सोर्बिटोल र जाइलिटोल हुन्छ । जसले पेट धेरै फुलाउने गर्छ । त्यसैले चुइगम खाइदैँन त्यसलाई चपाएर फाल्ने गरिन्छ ।

रातिको खाना छिटो खानुस्
रातिको खाना छिटो खान गर्नुपर्छ । रातिको खाना छिट्टो खाएमा कहिल्यै पनि पेट बढ्ने समस्या झेल्नुपर्दैन । त्यसैले बिहान र रातिको खानाको बीचको ग्याप १२ घण्टा राख्नुपर्छ । जसले पाचन प्रक्रिया ठीक गराउँछ ।

अदुवा
अदुवाले शरीरलाई निकै फाइदा पुर्याउँछ । कुनै पनि पेट बढ्ने समस्याको समाधानका लागि अदुवा फाइदाजनक हुन्छ ।

Share.

Leave A Reply