play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडप – २८ जना मारिए

0

असार २३ । मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जना मारिएका छन् ।

दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गूटबीच भएको झडपमा उनीहरु मारिएको जेल प्रशासनले जनाएको छ ।

धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको शीर छेदन गरेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा लिइन्छ ।

टाउको छिनालेका शव फेला परे पनि हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेल निकै बढी कैदीले भरिएको र क्षमतभन्दा बढी कैदी राखिएको बताइएको छ ।

Share.

Leave A Reply