play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

कोरोनाका कारण भारतमा ३८२ वास्थ्यकर्मीको मृत्यु

0

असोज १ , चितवन ।  भारतमा ३८२ कोरोना भाइरस (कोभिड–१९) संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसिएसन (आईएमए) को बुधबारसम्मको तथ्यांकअनुसार ३८२ स्वास्थ्यकर्मीले कोरोनाबाट ज्यान गुमाइसकेका हुन्। ज्यान गुमाउनेमा २७ वर्षदेखि ८५ वर्षसम्मका स्वास्थ्यकर्मी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तथ्यांकअनुसार २ हजार २३८ चिकित्सक कोरोना भाइरस संक्रमित भएका छन्। गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म भारतमा ५० लाख २० हजार बढी मानिस संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये ८२ हजार ६६ को ज्यान गइसकेको छ। त्यस्तै ३९ लाख ४२ हजार बढी निको भएका छन्।

Share.

Leave A Reply