play_circle_outline On Air

पेन फ्रेन क्लब

play_circle_outline On Air

पेन फ्रेन क्लब

अमेरिकामा आँधीका कारण यातायत सेवा अवरुद्ध , कैयौँ घरबार बिहिन

0

असोज १ , अमेरिका ।  संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा मुसलधारे वर्षासँगै आएको आँधी र बाढीले जनजीवन प्रभावित बनेको छ । स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोलाका अधिकांश घरहरु भत्केका छन् भने सयौं घरबारविहीन बनेका छन् । दर्जनौ घरहरु डुबानमा पर्नुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ ।

आँधीका कारण ठाउँ ठाउँमा पोल ढलेका कारण विद्युत् आपूर्तिसमेत बन्द भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ । पेन्साकोलाबाट अलाबामातर्फ अघि बढेको आँधीले पु¥याउन सक्ने क्षति न्यूनिकरणका लागि अलाबामाका सर्वसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

Share.

Leave A Reply