play_circle_outline On Air

पेन फ्रेन क्लब

play_circle_outline On Air

पेन फ्रेन क्लब

कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको चरम नमुना : रवीन्द्र मिश्र

0

भदौ ३१, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कुलमान घिसिङलाई पुनःनियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमुना भएको बताएका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आइतबार चार वर्षे कार्यकाल सकिएपछि बिदा घिसिङको पुनर्नियुक्त नहुँदा मिश्रले यस्तो बताएका हुन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई पुनः नियुक्ति नदिएपछि उनी मंगलबार मात्र प्राधिकरणबाट औपचारिक रूपमा बिदा भएका थिए ।बुधबार समाजिक सञ्जालमार्फत मिश्रले कुलमानले असाधारण काम गरे पनि उनलाई दोस्रो कार्यकाल नदिनु पद्धति नभइ भ्रष्ट राजनीतिको चरम नमुना भएको बताए ।

उनले लेखेका छन्, ‘धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। ‘विज्ञापन गर्छौंं, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन।’

उनले अगाडि लेखेका छन्, ‘नराम्रो गरे त्यही करारका सर्तलाई देखाएर ‘तिम्रो करार सेवा टुंगियो’ भनिन्छ । कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्धति होइन, भ्रष्ट राजनीतिको चरम नमुना हो।’

कुलमानकै नेतृत्वमा नेपालमा लोडसेडिङ हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता चौतर्फी माग छ । बुधबार घिसिङलाई पुर्ननियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शन समेत भएको छ ।

Share.

Leave A Reply