आरोही बनेर बहराइनका राजकुमार काठमाडौँमा

0

भदौ ३१, काठमाडौं । हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन्। खुम्बु क्षेत्रको लोबुचे तथा ८ हजार मिटर माथिको मनास्लु हिमाल आरोहण गर्ने राजकुमार खलीफा बुधबार काठमाडौं आएका हुन् । टोलीमा उनी सहित १८ जनाको रहेका छन् ।

टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । टोलीमा बहराइन रोयल गार्ड (डिभेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरसका कारण हिमाल आरोहण हुन सकेको थिएन तर सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।

आरोही टोलीलाई सेभेन समिट ट्रेक्सले आरोहण व्यवस्थापन गरेको छ। राजकुमार आरोहणमा सहयोगी गाइडमा २४ पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी कामीरिता शेर्पा लगायतका प्रख्यात शेर्पा गाइडहरु हुने कम्पनीले जनाएको छ।

Share.

Leave A Reply