play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

गोल्डेन ब्वाइ अवार्डको शीर्ष ४० मनोनयन सार्वजनिक

0

भदौ ३१, एजेन्सी ।  विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै आएको छ । बुधबार यस संस्करणको अवार्ड पाउन सक्ने ४० खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ ।

यसअघि १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनामा संख्या झारिएको थियो । अब क्रमश: मनोनयनमा परेका खेलाडी संख्या घटाउँदै लगेर विजेता घोषित गरिनेछ । यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए ।

त्यसपछि वायन रोनी, लिओनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जिते । पछिल्लो समय पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् । यस उपाधिको मनोनयनमा पर्न १ जनवरी २००० पछि जन्मिएका खेलाडी मात्र समावेश हुनेछन् ।

उपाधिको दाबेदारका रुपमा बोरुसिया डर्टमुन्डका जेडन सान्चो र एर्लीङ हालान्डसँगै बायर्न म्युनिखका अल्फोन्सो डेभिस रहेका छन् । गत सिजन यी तीनै खेलाडी शीर्ष २० मा परेपनि एटलेटिको म्याड्रिडका जोआओ फेलिक्सले उपाधि जितेका थिए । विजेता भइसकेका कारण फेलिक्स यसपटक भने मनोनयनमा छैनन् ।

सान्चोसँगै इंग्ल्यान्डका फिल फोडेन, मेसन ग्रिनवुड, क्यालम हड्सन ओडोइ र बुकायो साका पनि अन्तिम ४० मा परेका छन् । अब अर्को चरणमा छनोटका शीर्ष २० खेलाडीको नाम सार्वजनिक गरिनेछ । त्यसपछि भने एकै पटक विजेता घोषणा गरिनेछ ।

Share.

Leave A Reply