play_circle_outline On Air

पेन फ्रेन क्लब

play_circle_outline On Air

पेन फ्रेन क्लब

भारतको राजस्थानमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, केही

0

भदौ ३१,  भारतमा राजस्थान राज्यको कोटा जिल्लाको इटावा क्षेत्रमा रहेको चम्बल नदीमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ। तीन जना अझै बेपत्ता छन्।

बुधबार बिहान करिब ९ बजे उक्त डुङ्गा पल्टिएको थियो। ज्यान गुमाउनेमा ६ पुरुष, चार महिला र एक बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२५ जना क्षमताको डुङ्गामा ४० जना रहेको बताइएको छ। त्यसबाहेक डुङ्गामा १४ वटा मोटरसाइकल समेत राखिएको थियो। डुङ्गा पल्टिएको स्थानमा नदीको गहिराइ ४० देखि ५० फिट रहेको बताइएको छ।

घटना लगत्तै स्थानीयले उद्धार गर्न खोजे पनि नदीको तीब्र बहावका कारण सबैको उद्धार गर्न नसकिएको बताइएको छ। डुंगामा सवार सबै कमलेश्वर धाम जान निस्किएका थिए।

Share.

Leave A Reply