play_circle_outline On Air

पेन फ्रेन क्लब

play_circle_outline On Air

पेन फ्रेन क्लब

दुर्लभ वन्यजन्तु सालकसहित ५ जना पक्राउ

0

भदौ ३१ , रुपन्देही । बुटवल उपमहानरगपालिका ५, नेपालगन्‍ज रोडस्थित ग्रान्डी होटेल अगाडिको बाटोबाट एकथान दुर्लभ वन्यजन्तु जिउँदो सालकसहित पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिरहा, सिरहा नगरपालिका ७ बस्‍ने ३६ वर्षीय मनोजकुमार कर्ण, सिन्धुली तीनपाटन गाउँपालिका ३ बस्‍ने ३२ वर्षीय लोकबहादुर तामाङ, सोही ठाउँ बस्‍ने ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही हरिओम गाउँपालिका १० बस्‍न ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्‍ने ३५ वर्षीया नेत्रमाया राना छन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा सालकसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Share.

Leave A Reply